Logo

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा सर्टलिस्टमा परेका ५ जनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो।

यस सिफारिसको आधारमा आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा हुने मन्त्रिपरिषदको बैठकमा यी तीन जनामध्ये एक जनालाई बीमा प्राधिकरणको अध्यक्षको रूपमा चयन गरिनेछ। अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ।

ओझा, पुडासैनी र बसौला सबै विभिन्न सरकारी र निजी क्षेत्रका अनुभव भएका व्यक्तिहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्