काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रालि बीच मोटर बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। अब सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीको बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको छ।
सम्झौतामा सलिको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सरिना जि ट्रेडका प्रमुख कार्यकारी अधिकृत श्री अजय महतो ले हस्ताक्षर गरेका छन्।
सम्झौता आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री बरिष्मा साउद आचार्य सहित सरिना जि ट्रेडका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
यस सम्झौतासँगै सरिना जि ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनको बीमा प्रक्रिया सरल, सहज र नगदरहित हुने भएको छ। साथै, भविष्यमै कुनै दावी परेमा दावी भुक्तानी प्रक्रिया छिटो तथा प्रभावकारी बनाइने जनाइएको छ।