काठमाडौं । एसियन लाइफ इन्सुरेन्सकाे खुद नाफा ५६.५५ प्रतिशतले बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै गत वर्ष १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा अहिले बढेको बताएको हो ।
यस अवधिमा कम्पनीको खुद बिमाशुल्क १५.५३ प्रतिशत र कुल आम्दानी ८.९२ प्रतिशतले बढेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ५.६५ प्रतिशतले घटेको छ । यसको जीवन बिमा कोष ४२ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४५ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।
यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ९ रुपैयाँ ४१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर १४ रुपैयाँ ७२ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ ।