Logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ६७ प्रतिशतले घट्यो, खुद बीमा शुल्क संकलनमा पनि गिरावट

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ६७ प्रतिशतले घट्यो, खुद बीमा शुल्क संकलनमा पनि गिरावट



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ६७.२१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुष महिनासम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ६७.२१ प्रतिशतले कम हो। अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

पुष मसान्तसम्म कम्पनीले ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ९.६५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्