काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्ममा नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि पुससम्म कुल १३ लाख ८९ हजार ३ सय १९ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् ।
यो अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको रुपमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सले २ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेर दोस्रो स्थानमा रहेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ संकलन गरेको छ। नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।