Logo

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

अध्यक्ष पदका आकांक्षीले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुका साथै सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उक्त पद रिक्त रहेको थियो। हाल प्राधिकरणको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिले अध्यक्षका रूपमा काम गर्दै आइरहेका छन्। आवेदनका लागि आवश्यक विवरण प्राधिकरणको आधिकारिक सूचनामा हेर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस्