काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिइएको छ। बीमा ऐन २०७९ को दफा ६ अनुसार सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई यो जिम्मेवारी दिइएको हो।
यसअघि प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्बित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकता र राहदानीमा केरमेट तथा जालझेल गरेको आरोपमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्।
अध्यक्षको पद खाली भएपछि अर्को व्यवस्था नभएसम्मका लागि दहालले प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेछन्।