Logo

नेपालको बीमा क्षेत्रमा पनि चाँडै आइएफआरएस सेभेन्टिन लागू हुन्छ : अध्यक्ष सिलवाल

नेपालको बीमा क्षेत्रमा पनि चाँडै आइएफआरएस सेभेन्टिन लागू हुन्छ : अध्यक्ष सिलवाल



काठमाडौं । अब नेपालको बीमा क्षेत्रमा पनि चाँडै फाईनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (आईएफआरएस) सेभेन्टिनमा आधारिस नयाँ मापदण्ड अंगाल्ने भएको छ । विडाप्टले आईतबार काठमाडौंमा आयोजना गरेको एनएफआरएस सम्मेलनमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यो मापदण्ड चाँडै लागू गर्ने बताएका हुन् ।

उनले पारदर्शिता र विश्वव्यापारी मापदण्डसंगको तुलनालाई लक्षित गरी नेपाली बीमा उद्योगले पनि चाँडै आइएफआरएस सेभेन्टिनमा आधारित नयाँ मापदण्डलाई अंगाल्ने बताए ।

उनले यो नयाँ मापदण्डले एउटा उद्योगको रुपमा कसरी बीमा करारलाई पहिचान र मापन गर्छौ भन्ने दिशामा गहिरो र महत्वपूर्ण परिर्वतन ल्याउने अपेक्षा गरिएकोसमेत बताए ।

‘आइएफआरएस सेभेन्टिनले यस क्षेत्रको चुनौतीका रुपमा रहेको चासोलाई सम्बोधन गर्दै लेखापालनका लागि अझै बढी सुसंगत दृष्टीकोण खोज्छ,’ उनले भने, ‘आइएफआरएस सेभेन्टिनले प्रावधानहरुको पूर्ण पालना गर्दै हाम्रो सञ्चालनको आर्थिक वास्तविकतासँग वित्तीय प्रतिवेदनलाई पंक्तिबद्ध गर्ने कार्यमा जोड दिएको हुन्छ ।’

उनले यो मानकले हाम्रो वित्तीय प्रतिवेदनलाई मात्र सुदृढ नबनाई हामीले हाम्रो व्यवसायका जटिलतालाई अझ स्पष्टताका साथ पहिचान गर्न सकिने कुराको सुनिश्चित गर्दै सरोकारवालाबीचको विश्वास पनि बलियो बनाउने बताए । सम्मेलनमा बीमा कम्पनीका सीईओ, सीएफओ, नियामकका कर्मचारीसहित ७० जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्