Logo

सलिकोको चार दिने बीमा अभिकर्ता तालिम सम्पन्न

सलिकोको चार दिने बीमा अभिकर्ता तालिम सम्पन्न



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए ।

तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ विभागका भास्कर भुजेल र सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।

मुख्य अथिति प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारेकी थिईन् । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिईन् ।

प्रतिक्रिया दिनुहोस्