Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त, ४ बर्ष कार्यकाल



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । गत हप्ता बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गरेको हो ।

कम्पनीका अनुसार यसअघि कम्पनी संचालक समितिले उनलाई सीईओ नियुक्तीका लागि भन्दै नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको थियो ।

बीमा प्राधिकरणले उक्त नियुक्ती सदर गरेसँगै कम्पनीले श्रेष्ठसँग ४ बर्षका लागि करार सम्झौता गरेको हो । उनी यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL