Logo

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय

सलिकोले संचालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । पोखराको अमरसिंह चोकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालबाट संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो ।

उक्त अबसरमा शुभकामना दिँदै सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्पुर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारी पुर्बक बिमालेख बुझाएर बेच्ने आग्रह गरे ।

कार्यक्रममा निसा गण्डकी बुद्दि प्रसाद अधिकारी, निसाका पुर्व संयोजक सुरेन्द्र बहादुर गोदार लगाएतले शुभकाना दिएका थिए ।
कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL