Logo

कोरोना बीमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा

कोरोना बीमाको भुक्तानी बारेको रिट न्यायाधीश मुसलमानको इजलासमा



काठमाडौं । कोरोना बीमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेशी तोकिएको छ । यो मुद्धाको पेशी सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा तोकिएको छ ।  

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् ।

सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ ।

कोरोना महामारीका बेला बिमितले गरेको कोरोना बीमा वापतको अहिलेसम्म करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL