Logo

स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्दै, विक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाइ नियुक्त गरेकाे छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर विक्री गर्नका लागि उक्त कम्पनीलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीको साधारण सेयरको मूल्य प्रतिकित्ता १ सय रुपेैयाँ तोकिएको छ ।

भदौ ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL