Logo

नेशनल लाईफका लगानीकर्तालाई १४ प्रतिशत लाभांस, बार्षिक साधारण सभाले गर्याे पारित

नेशनल लाईफका लगानीकर्तालाई १४ प्रतिशत लाभांस, बार्षिक साधारण सभाले गर्याे पारित



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न ३६ औं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोड, १६ लाख ६६ हजार ४ सय २५ रुपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड ११ लाख ६६ हजार ६ सय ४२ र ४ प्रतिशतका दरले वोनस सेयर २० करोड ४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँसँगै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार नद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकाय बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजारमा ४ प्रतिशतको वोनस सेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL