Logo

नेशनल लाईफका कर्मचारीले गरे जेठमा तोकिएको लक्ष्य पूरा, खुसियालीमा गाला कन्सर्ट आयोजना

नेशनल लाईफका कर्मचारीले गरे जेठमा तोकिएको लक्ष्य पूरा, खुसियालीमा गाला कन्सर्ट आयोजना



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट आयोजना गरेको छ । कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डिजे डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाईफले सदा र्झै अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL