Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिए बिजय शाह, निमित्त सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिए बिजय शाह, निमित्त सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको संचालक समिती र शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट पदमुक्त भएका हुन् ।

उनको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको कम्पनीले जानकारी दिएको छ ।

उनी पदमुक्त भएसँगै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छन् । उनी अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL