Logo

नेशनल लाईफको तालिम कार्यक्रम सम्पन्न, ८३ जना एमडीआरटी सम्मानित

नेशनल लाईफको तालिम कार्यक्रम सम्पन्न, ८३ जना एमडीआरटी सम्मानित



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीको लागि योग्य अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए ।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL