Logo

आईएमई लाइफको भक्तपुर शाखा स्थानान्तरण, अब श्रृजनानगर चाेकबाट सेवा प्रवाह गर्ने

आईएमई लाइफको भक्तपुर शाखा स्थानान्तरण, अब श्रृजनानगर चाेकबाट सेवा प्रवाह गर्ने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुरस्थित सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको शाखा स्थानान्तरण गरिएको छ । कम्पनीले आफ्नो शाखा कार्यालय कम्प्लेक्सबाट करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको हो ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार गरिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानियलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL