काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न् भएके छ । उक्त सभा बिहिबार दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३।३२५ प्रतिशत बोनस शेयर र ०।१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।
साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।