Logo

नेपाल लाइफले गर्याे १५.७९ प्रतिशत लाभांस प्रस्ताव, बीमा समितिको स्वीकृत पछि वितरण

नेपाल लाइफले गर्याे १५.७९ प्रतिशत लाभांस प्रस्ताव, बीमा समितिको स्वीकृत पछि वितरण



काठमाडों । नेपाल लाइफ इन्स्योरेन्सले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको भदौ ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल नगद लाभांशमध्ये ०.७९ प्रतिशत कर प्रयोजनका लागि रहेको समेत कम्पनीले प्रष्ट पारेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश कम्पनीले वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL