Logo

जनरल इन्स्योरेन्स र मनमोहन हस्पिटलबीच सम्झौता, नगदरहित सेवा उपलब्ध हुने

जनरल इन्स्योरेन्स र मनमोहन हस्पिटलबीच सम्झौता, नगदरहित सेवा उपलब्ध हुने



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेको बैंकलेजारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्झौता पश्चात जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म मनमोहनबाट नगद रहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्