Logo

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न, गर्यो विभिन्न सहयोगका कार्यक्रम

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न, गर्यो विभिन्न सहयोगका कार्यक्रम



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिकत्सव कार्यक्रम मनाएको हो ।

सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् । त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौंको टोखा नगरपालिका वडा नं ९, गोंगबु स्थित हिमालयन बृद्घा आश्रममा आश्रीत ४३ जना बृद्ध तथा बृद्धाहरुको लागी खाद्यान्न सहयोग समेत गरिएको छ ।

उक्त सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

यस कम्पनीले विं सं २०७५ साल असार २१ गतेदेखि आफ्नो व्यवसायिक कारोवार सुरु गरेको हो । हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL