Logo

‘महालक्ष्मी बाल बचत बीमा’ योजना : बचत, बचतमा प्रतिफल र जोखिम बहनको सुविधा

‘महालक्ष्मी बाल बचत बीमा’ योजना : बचत, बचतमा प्रतिफल र जोखिम बहनको सुविधा



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना सार्वजनिक गरेका हुन् ।

यो बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भइसकेपछि बीमालेखको अख्तियार पूर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै कारणबस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५% बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५% बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL