Logo

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित, कोरोना देखाइयो कारण

जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित, कोरोना देखाइयो कारण



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीको २०७८ वैशाख २४ गते बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीले २०७८ बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL