Logo

युनाईटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा पहिलो महिला सीईओ

युनाईटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा पहिलो महिला सीईओ



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । उनलाई आगामी ४ वर्षका लागी सीईओमा नियुक्त गरिएको हो । उनकोे नियुक्ति संगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् । यस्तै उनी हालसम्मका सीईओहरुमध्ये सबैभन्दा कम उमेर अर्थात ३४ वर्षको उमेरमा सीईओ हुन सफल भएकी छन् ।

उनी पछिल्लो १ दशकदेखि यो क्षेत्रमा कार्यरत छिन् । उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबिए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी थिईन् । उनी यसअघि यूनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL