Logo

तिब्बतले यातायात पूर्वाधार निर्माण गर्न पाँच वर्षमा ३४ खर्ब रुपैयाँ खर्चने, नेपाललाई पनि फाइदा

तिब्बतले यातायात पूर्वाधार निर्माण गर्न पाँच वर्षमा ३४ खर्ब रुपैयाँ खर्चने, नेपाललाई पनि फाइदा



काठमाडौं । नेपालसँग सीमा जोडिएको चीनको स्वायत्त क्षेत्र तिब्बतले यातायात पूर्वाधार क्षेत्रमा व्यापक लगानी गरिरहेको छ । तिब्बतले सन २०२१ देखि २०२५ सम्म ५ बर्षको अवधिमा यातायात पूर्वाधार विकासमा २९ अर्ब ३० करोड डलर अर्थात ३४ खर्ब ३० अर्ब ७० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएर काम गरिरहेको छ ।

तिब्बतको क्षेत्रीय यातायात विभागका अनुसार तिब्बत सरकारले नयाँ एक्सप्रेस वे निर्माण गर्ने, भएका राजमार्गहरुलाई स्तरोन्नति गर्ने, ग्रामीण तथा अन्य स्थानमा सडक संजाल पुर्याउनेलगायतका कामहरु गर्नेछ । सन २०२५ सम्म तिब्बतमा मात्रै राजमार्गको लम्बाई १ लाख २० हजार किलोमिटर र एक्सप्रेस वे १ हजार ३ सय किलोमिटर पुग्ने अनुमान गरिएको छ ।

यातायात पूर्वाधार सुधार अन्तर्गत सडकहरु सुरक्षित, साझा, तथा प्रविधियुक्तसमेत बनाइने बताईएको छ। केन्द्र सरकारको बलियो साथसँगै तिब्बतले सन २०१६ देखि २०२०लाई पनि यातायात पूर्वाधार विकास बर्षका रुपमा लिएको थियो ।

गत बर्षको अन्तिमसम्म तिब्बतको सडक संजालको लम्बाई १ लाख १८ हजार ८ सय किलोमिटर पुगेको थियो । जुन सन २०१५ को तुलनामा ५० प्रतिशतले बढी हो । नेपालको चीनतर्फको मुख्य आयात–निर्यात तिब्बती भूमि हुँदै हुने भएकाले तिब्बतमा यातायात पूर्वाधार अत्याधुनिक हुँदा नेपाललाई समेत फाइदा पुग्नेछ ।

पछिल्लो समय निकै चर्चामा रहेको काठमाडौं–केरुङ रेलमार्ग पनि तिब्बत हुँदै नेपाल जोडिने भएकाले तिब्बतको यातायात क्षेत्रको लगानीले नेपाललाई दीर्घकालमा फाइदा पुग्ने जानकारहरु बताउँछन् । सिन्ह्वाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL