Logo

सुन्दरीजल आईपुग्यो मेलम्चीको पानी, ३ महिनामा पुग्ला काठमाडौं बासीको धारामा ?

सुन्दरीजल आईपुग्यो मेलम्चीको पानी, ३ महिनामा पुग्ला काठमाडौं बासीको धारामा ?



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।

आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।

सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।

अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने बताईएको छ ।

सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌।​

प्रतिक्रिया दिनुहोस्
MBL