Logo

सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर, कमसल सामग्री प्रयोग गर्ने ठेकेदारलाई कारवाही गर्ने

सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर, कमसल सामग्री प्रयोग गर्ने ठेकेदारलाई कारवाही गर्ने



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक कालोपत्रे गर्दा कमसल सामग्री प्रयोग गरे कारवाही गर्ने बताएका छन । उनले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन गर्ने क्रममा उक्त कुरा बताएका हुन ।

उनले शुक्रबार उपत्यकाको सडक अनुगमनको क्रममा उपत्यकामा कालोपत्रे गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरिक्षण गर्ने बताउँदै ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर समेत परीक्षण गर्ने जानकारी दिएका छन ।

सहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले पछिल्लो समयमा कालोपत्रेको कामलाई तिब्रता दिइएको बताए । भौतिक मन्त्रालय र सहरी विकास मन्त्रालयको सम्वन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित पार्न लागिएकले आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन सर्वसाधारणलाई समेत आग्रह गरेका छन ।

त्यसतै मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा बढ्दो सहरी चापका कारण जाम बढेको बताउँदै दिगो पार्कीङ व्यवस्थापनको काम समेत भईरहेका बताएका छन । उनले उपत्यकाको नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन गर्ने गरि ट्राफिक प्रहरी महाशाखासँग सम्वन्वय भइरहेको जानकारी दिए ।

सरकारले बागमति विष्णुमती धोविखोला लगायतका करिडोर सडकका खाली स्थानमा पार्किङको व्यवस्थापन गर्न लागिएकाले भित्री सहरका खाली स्थान पहिचान गरेर पार्किङ क्षेत्र तोकिने समेत मन्त्री मानन्धरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्