Logo

चोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न

चोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न



काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन चोभार सुक्खा बन्दरगाहको २५ प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं भित्रिने र बाहिरिने मालबाहक साधनहरुबाट ढुवानी हुने कन्टेनरहरु राख्नका लागि बनाउन लागिएको उक्त बन्दरगाहको काम २५ प्रतिशत सम्पन्न भएको ईन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार हालसम्म २५ प्रतिशत काम भएपछि अबको ९ महिनामा बन्दरगाहको निर्माण सम्पन्न हुनेछ । बन्दरगाह निर्माण कार्य ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ (आईसीबी)’ र ‘नेसनल कन्ट्र्याक्ट विडिङ (एनसीबी)’बाट भइरहेको छ । ‘आईसीबी’अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले निर्माणको जिम्मा पाएका छन ।

हिमाल सिमेन्ट उद्योग रहेको जग्गाका निर्माण हुने उक्त बन्दरगाह २ सय २५ रोपनीमा निर्माण हुँदैछ । हालसम्म विभिन्न वेरहाउसलगायतका काम धमाधम भईरहेको छ । १ अर्ब ६६ करोड रुपैयाँ लागतमा निर्माण भईरहेको उक्त बन्दरगाहमा ४ तलाको २ सय २० ओटा स्लट, ५ सय ५३ कन्टेनर राख्न मिल्ने वेरहाउस निर्माण गरिनेछ ।

गत बर्ष माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयको विरोधका बीच उक्त बन्दरगाहको शिलान्यास गरेका थिए । सन २०१० मा नै चोभारमा बन्दरगाह बनाउने कुरा चलेपनि काम भने हुन सकेको थिएन । उक्त बन्दरगाह निर्माण सम्पन्न भएपछि चीनको नाकाबाट काठमाडौं आउने मालसामान उक्त बन्दरगाहमा चेक जाँच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL