Logo

बैशाख अघिकै मुल्यमा निर्माण सामग्री, कच्चा पदार्थमा भन्सार छुट दिन माग

बैशाख अघिकै मुल्यमा निर्माण सामग्री, कच्चा पदार्थमा भन्सार छुट दिन माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ जेठ, काठमाडौं । व्यवसायीहरुले बजारमा बैशाख अघिकै मुल्यमा निर्माण सामग्री उपलब्ध गराउने भएका छन् । आज उद्योग मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरुले सो कुरा बताएका हुन् ।

मन्त्रालयले पुनर्निर्माणमा सहज रुपमा सामग्री उपलब्ध गराउने सम्बन्धमा छलफल गर्न व्यवसायीहरुलाई बोलाएको थियो । उक्त छलफलमा व्यवसायीहरुले पुरानै मुल्यमा निर्माण सामग्री उपलब्ध गराउने बताएका छन् । छलफलमा इट्टा, सिमेन्ण्ट, छड तथा जस्तापाता उत्पादकहरुको सहभागिता रहेको थियो ।

तर, पुरानै मुल्यमा सहज रुपमा निर्माण सामग्री उपलब्ध गराउनका लागि कच्चा पदार्थ आयातमा भन्सार छुट दिनुपर्ने व्यवसायीहरुको माग छ । यता उद्योगमन्त्री बस्नेतले भने निर्माण सामग्रीमा छुट दिने सम्बन्धमा छलफल भइरहेको बताए । ‘निर्माण सामग्रीमा प्रयोग हुने कच्चा पदार्थ आयातमा भन्सार छुट दिने सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने ।

यस्तै, सिमेण्ट उद्योगीहरुले भने चौविसै घण्टा विजुली उपलब्ध गराएमा सिमेन्टको मुल्य अझै घट्न सक्ने बताएका छन् । तर, छड व्यवसायीहरुले भने पछिल्लो समय आफुहरुको व्यवसाय धरासयी भएको भन्दै यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्