काठमाडौं । सरकारले दमकमा औद्योगिक पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको लगानी बोर्डको ३९ औं बैठकले चाईना नेपाल फ्रेन्डसिप ईन्डस्ट्रियल पार्क निर्माणका लािग उक्त चिनियाँ लगानी स्वीकृत गरेको हो ।
चिनियाँ कम्पनी ल्हासा ईकोनोमिक एण्ड टेक्नोजोली डेभलपमेन्ट जोन, जीनपीङ जोईन्ट क्रियसन कन्स्ट्रक्सनको लगानी रहने उक्त परियोजनाका लागि नेपाली कम्पनी डीसीआईपी लाई विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) बनाउने जिम्मा दिईएको छ ।
यस्तै शुक्रबारको बैठकले विराटनगरमा मल्टी मोडल लजिस्टीक पार्क परियोजना निर्माणका लागि समेत स्विकृत गरेको छ । बैठकले उक्त परियोजनामा सरकारलाई आर्थिक दायित्व नपर्ने गरी उक्त परियोजना सीजी लजिस्टिक कम्पनीलाई अध्ययन गर्न अनुमति समेत प्रदान गरेको छ ।