काठमाडौं । रसुवागढीमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास गरिएको छ । शुक्रबार एक कार्यक्रमबा बीच अर्थमन्त्री युवराज खतीवडाले उक्त कार्यालयको शिलान्यास गरेका हुन ।
५४ करोड ६२ लाख रुपैयाँमा निर्माण हुने उक्त भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतीवडाले नेपाल चीन जोड्ने उक्त नाकाको स्तरोन्नतीका लागि सरकारले विशेष ध्यान दिने जानकारी दिएका छन ।
उनले उक्त भवनको काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिएका छन । उक्त जाँच चौकीको पुरानो भवन भने २०७२ सालको भुकम्पले भत्काएको थियो ।