Logo

निर्माण व्यवसायीसँग सरकारले माग्यो सहयोग, उपकरण भाडामा उपलब्ध गराउन आग्रह

निर्माण व्यवसायीसँग सरकारले माग्यो सहयोग, उपकरण भाडामा उपलब्ध गराउन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

४ जेठ,काठमाडौं । सरकारले नेपाल निर्माण व्यवसायीहरुसँग ट्रक, ट्रिपर, ब्याक्हो लोडर, एक्साभेटर, क्रेन लगायतका उपकरण नेपाल सरकारलाई भाडामा दिन आग्रह गरेको छ । भूकम्पबाट क्षती ग्रस्त घर तथा धार्मिक सम्पदाको व्यवस्थापनका लागि ती उपकरण दिन आग्रह गरेको हो ।

सरकारले नेपाल निर्माण व्यवसायी महासंघ , नेपाल हेभि इक्विपमेन्ट व्यवसायी, वाग्मती ट्रिपर व्यवसायी सङ्घसँग र देशभरका निर्माण व्यवसायीहरुका पदाधिकारीसँगको छलफलमा सो आग्रह गरेको हो ।
छलफलमा निर्माण व्यवसायीले भग्नावशेषको सरसफाइका लागि अहिले आफना उपकरणहरु निशुल्क उपलब्ध गराउँदै  आएको बताए ।

साथै महाविपत्तिको अवस्थामा जिम्मेवारी बोध गर्दै आम जनतालाई राहत दिन देशभरका निर्माण व्यवसायीहरु आ–आफनो ठाउँमा विभिन्न तरिकाले सक्रिय रहेको निर्माण व्यावसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्