काठमाडौं । सरकारले आर्थिक बर्ष २०७५÷७६ को बजेट आउनु अगाबै १५ औं योजना सार्वजनिक गर्ने भएको छ ।
१५ औं योजनालाई सार्वजनिक गर्ने उद्देश्यले काठमाडौंको सोल्टी होटलमा २ दिने छलफल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्माओलीको अध्यक्षतामा संचालन भएको उक्त बैठकले १५ औं योजनामा समेट्नु पर्ने नीतिगत कुराहरुलाई मूर्तरुप दिने आयोगले जानकारी दिएको छ ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको १५ औं योजनाको आधारपत्रको मस्यौदामाथिको छलफललाई आजै मूर्त रुप दिने भएको आयोगले जानकारी दिएको छ । सो नीतिगत कुरालाई आजै मूर्तरुप दिने र यही बैशाख महिना भित्रै सार्वजनिक गर्ने भएको छ ।
आयोगका अनुसार सरकारले बिक्रम सम्बत २०२१ मा नेपालको आर्थिक वृद्धिदर १०.५ प्रतिशत हुने अनुमान गरेको छ । कूल गार्हस्थ उत्पादनमा कृषि र वन क्षेत्रको योगदान ९ प्रतिशतमा सीमित गर्ने आयोगको लक्ष्य रहेको छ । यो अवधिमा उद्योगको हिस्सा ३० प्रतिशत र सेवा क्षेत्रको ६१ प्रतिशत हुने अनुमान छ ।
सरकारको दिर्घकालिन योजनामा समावेस भएको २२ सय किलोमिटर रेलमार्ग, २ हजार किलोमिटर द्रुतमार्ग, ३३ हजार किलोमिटर राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग र विद्युत जडित क्षमता ४० हजार मेगावाट पुर्याउने रहेको छ ।
उक्त आधारपत्र आगामी ५ बर्षको विकासको रोडम्याप भएको अर्थमन्त्री खतिवडाको भनाई रहेको छ । उक्त आधारपत्रका आधारमा दीगो र उच्च आर्थिक विकास हासिल गर्नका लागि उत्पादन वृद्धिमा जोड दिने सरकारको लक्ष रहेको छ ।