काठमाडौं । करिब दुईवर्ष अगाडीनै ल्याउने भनेको मेलम्ची खानेपानी अबको २ महिना पछि काठमाडौं आईपुग्ने भएको छ ।
खानेपानी मन्त्री बिनामगरले काठमाडौंबासीलाई दशैं अगाडीनै मेलम्चीको पानी वितरण गर्ने घोषणा गरेकी थिईन । तर हालसम्म काठमाडौंसम्म ल्याउने पानीको मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम समेत शुरु हुन नसक्दा सो काम हुन सकेको छैन ।
मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम नभए पनि बैकल्पिक डाईर्भर्सनबाट १६ सय एमएमको स्टिल पाईपलाईन राखेर करिब १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको आयोजनाको सिनियर डिभिजन ईन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन ।
उनका अनुसार २ महिना भित्र पानी ल्याउनका लागि अहिले फिनिसिङको काम भईरहेको छ । करिब ४ किलोमिटरमात्रै फिनिसिंको काम बाँकी रहेकाले अबको दुई महिना भित्रमा काठमाडौंबासीले मेलम्चीको पानी प्रयोग गर्न सक्ने उनले जानकारी दिएका हुन ।
अबको एक महिना भित्रमा फिनिसिङको काम सकिने र दुई हप्ता भित्रमै परीक्षण सम्पन्न गरी काठमाडौंबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने पन्तले जानकारी दिएका हुन ।
बैकल्पिक डाईर्भर्सनबाट काठमाडौंबासीलाई उक्त आयोजनाको पानी वितरण पछि भने मुख्य हेडबक्स र पाईप डाईभर्सनको काम शुरु गर्ने समेत पन्तले जानकारी दिएका छन ।