Logo

मुख्यमन्त्री सहित चिनियाँ टोली सडक र रेलको अध्ययन गर्न हुम्लामा, हिल्सा देखि जमुनाहसम्म रेलमार्ग

मुख्यमन्त्री सहित चिनियाँ टोली सडक र रेलको अध्ययन गर्न हुम्लामा, हिल्सा देखि जमुनाहसम्म रेलमार्ग



काठमाडौं । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययन गर्न चिनियाँ टोली हुम्लामा पुगेको छ । उक्त टोली मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित हुम्लाको सिमिकोट पुगेको हो ।

हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हँुदै सिमिकोट हिल्सा पुगेका छन् ।

नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्रा्ष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना अगाडि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन सरकारको निमन्त्रणामा मुख्य गरी सडक, विद्युत्लगायतका विषयलाई लिएर चीन सरकारसँग छलफल गरेका थिए ।

बहुचर्चित कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्ड लम्बाइ २ सय ८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्