Logo

धरहरा पुनर्निर्माण सुरु, २ वर्ष भित्र निर्माण सम्पन्न

धरहरा पुनर्निर्माण सुरु, २ वर्ष भित्र निर्माण सम्पन्न



काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम शुरु भएको छ । जिआइइटिसी–रमन जेभीले पुनर्निर्माणको काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन ।

अहिले धरहरा आसपासको भौतिक संरचना हटाउने तथा सरसफाई गर्ने काम भईरहेको र तिहार अगाडीनै औपचारिक शिल्यान्यास गरी पुर्ननिर्माणलाई अघि बढाउने कार्यक्रम रहेको घिमिरेले जानकारी दिएका छन ।

२२ तलाको बन्ने उक्त धरहराको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्तावमा सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन जेभीले उक्त ठेक्का पाएको थियो ।

रमन जेभीले ३ अर्ब ३८ करोड रुपैयाँमा ठेक्का लिएको उक्त धरहराको निर्माण अवधि भने २ वर्षको रहने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL