Logo

एनआरएनद्धारा सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण, स्वामित्व स्थानीय सरकारलाई

एनआरएनद्धारा सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण, स्वामित्व स्थानीय सरकारलाई



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सिन्धुलीस्थित कमलामाई नगरपालिकालाई सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण गरेको छ ।
संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा सहमती भएको थियो ।

सोहि सहमति अनुसार तयार पारिएको गुरु योजना संघले बुधबार कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष भवन भट्टले कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई उक्त गुरुयोजना हस्तान्तरण गरेका हुन ।

उक्त गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको र गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्