Logo

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्गमार्गमा पावर चाईनाको ९५ प्रतिशत लगानी, परियोजना विकासदेखि संचालनसम्म गर्ने

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्गमार्गमा पावर चाईनाको ९५ प्रतिशत लगानी, परियोजना विकासदेखि संचालनसम्म गर्ने



काठमाडौं । चीनको पावरचाइना कम्पनीले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्गमा लगानी गर्ने भएको छ । उक्त परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनका लागि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच संयुक्त विकास सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ । साथै पावरचाइनाले ७५ः२५ को अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको छ । पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने छ ।

सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनको अवसरमा इपीसी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

हाल पावरचाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन । पावरचाइना सिनो हाइड्रोमार्फत नेपालमा विगत ३० वर्ष देखि जलविद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा काम गर्दै आएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको छ । साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

जिनी क्षेत्रद्धारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा भवन भट्टलाई चयन समेत गरेको छ

प्रतिक्रिया दिनुहोस्