Logo

फोल्ड गर्न मिल्नेदेखि रुखभित्रै रहने घर, यस्ता हुनेछन् भविष्यका भवन

फोल्ड गर्न मिल्नेदेखि रुखभित्रै रहने घर, यस्ता हुनेछन् भविष्यका भवन



काठमाडौं । सहर होस या गाउँ, त्यसको सुन्दरता त्यहाँ रहेका घरहरुमा पनि भर पर्छ । घरको डिजाइनले पनि सम्बन्धित ठाउँको आकर्षणमा अर्थ राख्छ । मान्छे सधै आफ्नो घर राम्रो होस भन्ने चाहना राख्छ । समय अनुसार घरका स्वरुप पनि बदलिदैं गएका छन् । त्यसो भए भविष्यका घरको स्वरुप कस्तो हुनेछ त ?

भविष्यका बासस्थानहरु

हामीले बनाउने घरको आकार र हामीले बस्ने ठाउँले विश्वलाई हेर्ने नजरमा ठुलो भुमिका खेल्छ । हामीले प्रयोग गर्ने प्रविधि दिनप्रतिदिन विस्तार भएझैँ भविष्यका डिजाईनहरु पनि उत्तिकै रुपमा खुलस्त हुँदैछन । तर कतिपय डिजाइनहरु भविष्यमा नबन्न पनि सक्छन, कतिपय अहिलेको समयलाई चिनाउने किसिमका हुन्छन् । यहाँ भविष्का लागि कल्पना गरिएका भवनका यस्तै डिजाइन प्रस्तुत गरिएको छ ।


माथिको यो डिजाईन आकासमा तैरिरहेको भवनको हो । यो एक प्रदुषणयुक्त भविष्यको लागि महत्वपुर्ण हुने वैज्ञनिकहरु बताउँछन ।

नौटिलस इको रिसोर्टको डिजाइन फीबोनाकी स्पाइरलबाट प्रभावित भई यो डिजाइन निर्माण गरिएको हो । यो हाइड्रोपोनिक प्रविधिमा आधारीत डिजाईन हो जसमा भवनलाई औद्योगिक सामाग्रीले बनाइनुका साथै यसमा विरुवाहरु उमारिने गरिन्छ। ।

नर्वेको सामुन्द्रिक किनारमा एक अन्डरसी रेष्टुराँ प्रस्ताव गरिएको छ । जसलाई सामुन्द्रिक जीवनको अनुसन्धानका लागि पनि डिजाइन गरिएको बताईएको छ ।

यसका डिजाइनरका अनुसार यसले नर्वेको समुन्द्रमा रहेका हरेक जीवहरुको तथा जीवनहरुको उचित ढङ्गले अध्ययन गर्नमा सहयोग पुर्याउनेछ । यसको निर्माण २०१८ मा शुरु गरिने उनीहरुले जानकारी दिएका छन ।

ओइओद्वारा डिजाइन गरिएको ‘द विग बेन्ड’ एक आर्क आकारको गगनचुम्वी भवन हो, जसलाई न्युयोर्क सहरको कम मूल्यको जमिनको लागि कल्पना गरिएको थियो । यसको जग वर्गाकार र भवन सानो हुनेछ । भवनले धेरै भन्दा धेरै मान्छे स्थीर अवस्थामा धान्न सक्ने क्षमता राख्नेछ ।

माथि देखाइएको ‘रोज’ भवन हालसम्म उपन्यास तथा चलचित्रमा मात्रै देखिएको थियो । तर, सन् २०१८ मै यसलाई दक्षिण क्यालीफोर्नीया निर्माण गरिदैंछ । यो घरलाई बाढीबाट बचाउने घरको रुपमा प्रचार गरिएको छ ।

सियोलमा फेरी टर्मिनल डिजाइनका साथ तयार गरिएको यो डिजाइनले हरित प्रभावलाई ध्यानमा राख्ने विज्ञहरुको भनाई छ । सुर्यको प्रकाश तथा हावाबाट सबै उर्जा उत्पादन गर्ने गरी यसको डिजाइन गरिएको छ ।

‘गुन्डाम वीङ’ नाम दिएको यो भवन हेर्दा मानव रोबोटजस्तो देखिन्छ र तैरीरहेको पुलजस्तो देखिन्छ । मोर्गाेक क्रासोजेभिबाट प्रयोगात्मक डिजाइनमा तयार पारिएको यो भवनले लोकेसन परिवर्तन गर्नुका साथै यसलाई फोल्ड पनि गर्न सकिन्छ ।


दक्षिण कोरियाका डिजाइनरहरुले तयार पारेको ‘द जाइन्ट सीकुवा गगनचुम्वी भवन’ इभोलो गगनचुम्वी प्रतिस्पर्धाको देन हो । यसका डिजाइनरका अनुसार ठुलो रुखभित्र गगनचुम्वी भवनको परिकल्पना गरिएको छ । यसले मानव र प्रकृतिको संवेगका साथै शान्तपुर्ण वातावारण प्रदान गर्छ ।

माथि देखाइएका हरेक डिजाइनहरु वास्तविकतामा नबन्न पनि सक्छन । तर विज्ञानले भोली हुने कुराको मात्रै आज कल्पना गर्न सकिने तर्क दिएको छ । हाल प्रयोग भइरहेका विभिन्न प्रविधि जस्तै हाइड्रोपोनिक प्रविधि, नविकरणीय उर्जा, तथा विभीन्न अत्याधुनिक सरसामानले यस्ता भवनहरु निर्माण हुने र पृथ्वीलाई पनि फाईदा पुग्ने वैज्ञानिकहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्