Logo

काठमाडौँमा अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माण गरिने, ५ बर्षमा ७ ओटै प्रदेशमा आधुनिक रंगशाला

काठमाडौँमा अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माण गरिने, ५ बर्षमा ७ ओटै प्रदेशमा आधुनिक रंगशाला


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।

रिपोर्टर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले काठमाडौँमा अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताएका छन ।

उनले भने, ‘पाँच वर्ष्भित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।’

त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लागिपर्ने मन्त्री विश्वकर्माले बताए ।

सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने जानकारी दिए ।

यसका साथै उनले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने बताएका छन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL