काठमाडौं । सन् २०१३ देखि निर्माण सुरु गरिएको चक्रपथ अन्तर्गतको कलंकी– कोटेश्वर सडक खण्ड आठ लेन बनाउने निर्माण कार्य यतिबेला तिव्र छ । निर्माण परियोजनाको अन्तिम समय नजिक हुँदै गर्दा सडकभर कामको रफ्तार देख्न सकिन्छ ।
दश किलोमिटर यस सडक खण्ड आगामी जुलाइसम्म सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता छ । यसअघि सन् २०१६ भित्र पुरा हुनुपर्ने यस सडक खण्ड भुकम्पको कारण देखाई दुई बर्षको म्याद थपिएको थियो ।
यस सडक खण्ड निर्माणका लागि चीन सरकारले अनुदान उपलब्ध गराएको थियो । तस्विरमा हेरौं कसरी हुदैछ काम ?