Logo

८३ प्रतिशत भुकम्प पीडित अझै दोश्रो किस्ता कुर्दै

८३ प्रतिशत भुकम्प पीडित अझै दोश्रो किस्ता कुर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प गएको ३ बर्ष पुग्न लाग्दा पनि कतिपय पीडित टहरामा बस्न बाध्य छन् ।

भुकम्पपछिको पून निर्माणको काम प्रभावकारी ढंगबाट अघि नबढ्दा पीडितहरु टहरामै बस्न बाध्य भएका हुन् ।

पूर्ननिर्माण प्राधिकरणले हालै प्रकाशित गरेको तथ्यांकले पनि पीडितले हालसम्म घर निर्माणका लागि आवश्यक रकम नपाएको देखाएको हो । तथ्यांक अनुसार प्राधिकरणले कुल ६ लाख ६७ हजार ८ सय ४९ घरधुरीसँग अनुदान सम्झौता गरेकोमा हालसम्म ६ लाख ६४ हजार ६ सय ४४ घरधुरीले पहिलो किस्ता पाएका छन् ।

दोश्रो किस्ता पाउने घरधनीको संख्या १ लाख १५ हजार मात्र भएको तथ्यांकले देखाएको छ । जुन सम्झौता भएको घरधुरीको १७ प्रतिशत मात्र हो । भुकम्प पिडितले पहिलो किस्ता वापत ५० हजार र दोस्रो किस्ता वापत १ लाख १५ हजार रुपैयाँ लिएका हुन् ।

त्यस्तै तेस्रो किस्ता पाउनेमा २६ हजार ४ सय ५४ घरधुरी मात्र छन् ।

प्राधिकरणले ७ लाख ६७ हजार ७०५ घरधुरी लाभग्राहीको सूचीमा राखेको छ ।

त्यस्तै प्रबलीकरण लाभग्राहीमा २४ हजार ९९१ घरलाई राखेको छ । प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार कुल ७९ हजार ५ सय१४ घर मात्रै हालसम्म पुनः निर्माण भएको छ ।

त्यस्तै कुल १ लाख ९४ हजार १ सय ९६ निजी घर मात्रै निर्माणको क्रममा रहेको छ ।

यता सरकारी भवन तर्फ ४ सय ८३ वटा पुनः निर्माण गर्नुपर्नेमा हालसम्म १ सय७७ वटा पुनः निर्माण सम्पन्न भएका छन् । त्यस्तै २ सय ३ वटा पुनः निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

पूरातात्विक सम्पदामा ७ सय ५३ वटा निर्माण गर्नुपर्नेमा ७९ वटा मात्रै निर्माण भएका छन् । अन्य ३ सय १४ वटा निर्माणको क्रममा छन् । त्यस्तै सुरक्षा निकायका ३ सय ८३ वटा पुनः निर्माण गर्नुपर्नेमा ४४ वटा सम्पन्न भएका छन् । भने १ सय४० वटा मात्रै निर्माणको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL