Logo

मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्न परामर्शदाता छनौट

मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्न परामर्शदाता छनौट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको विकल्प खोज्न परामर्शदाता छनौट गरिएको छ । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजीएको हो ।

सो सडकको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि सारिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले बताए । यसैगरी दोस्रो विकल्पका रुपमा भने मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मको सडकखण्डलाई लिइएको समेत उनले जानकारी दिए ।

उनका अनुसार बैकल्पिक सडकको विस्तृत डिजाइनका लागि कोरियाली परामर्शदाता छनोट गरिसकिएको छ । परामर्शदातासँग आगामी हप्ता सम्झौता गरिने भएको छ । सो परामर्शदाताले दुई सडकका साथै अन्य सात वटा सडक र तीन वटा पुलको डिजाइन गर्नेछ ।

हाल मुग्लिन–नारायणगढ सडकमा दैनिक ८ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्छन् । अबको ५ बर्ष भित्रमा यो संख्या बृद्धि भई दैनिक १५ हजार पुग्ने भएकाले पनि बैकल्पिक सडक खोज्नु परेको हो ।

सभ्झौता अनुसार परामर्शदाताले प्रतिवेदन बुझाउने समय अन्य सडक र पुलका लागि डेढ बर्षको समय तोकिएको छ भने मलेखुबाट भण्डारासम्मको सडकका लागि भने १ वर्ष भित्रै बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL