Logo

मुग्लिन–नारायणगढ सडक डेढ महिना बन्द गर्न निर्देशन

मुग्लिन–नारायणगढ सडक डेढ महिना बन्द गर्न निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्ड डेढ महिना बन्द गर्न निर्देशन दिएको छ । समितिका सभापति रबिन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न बैंठकले सो सडक खण्ड रात्रीको समयमा आजैका मितिदेखि लागू हुनेगरी डेढ महिना बन्द गर्न निर्देशन दिएको हो ।

समितिले रात्रीको समयमा बढी बाढी पहिरो आउने र दुर्घटना बढी भएको भन्दै क्षति न्युनिकरण गर्न सवारी आवागमन नै बन्द गर्न निर्देशन दिएको हो । सो निर्देशनसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा आजैका मितिदेखि लागू हुनेगरी डेढ महिनासम्म दिउसोको समयमा मात्र सवारीसाधन चल्नेछ । पछिल्लो समय भएको दुर्घटनाको अवस्था हेर्दा प्रायःजसो दुर्घटना रातीको समयमा भएको भन्दै त्यसलाई तत्काल बन्द गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी समितिले रातीको समयमा सडक बिस्तारकार्य गर्न दिर्नेशन दिएको छ । रातको समयमा क्षति न्युनिकरण गर्न सवारी आवागमन बन्द भएको अवस्थामा सडक बिस्तारकार्यलाई तिव्रताका साथ अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ । समितिले सो सडकखण्ड निर्माणकार्यमा ढिलाई भएको भन्दै सन् २०१७ भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिले सो रुटको बैकल्पि राजमार्गको रुपमा मलेखु–शक्तिखोर सडकको सम्भाव्यता अध्ययन गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्