Logo

नेपालका लागि विश्व बैंकको साढे २० अर्बको वित्तीय प्याकेज स्वीकृत, पुल सञ्जाललाई मजबुत बनाईने

नेपालका लागि विश्व बैंकको साढे २० अर्बको वित्तीय प्याकेज स्वीकृत, पुल सञ्जाललाई मजबुत बनाईने



काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम (बिम्प–थ्री) का लागि १५ करोड डलर (२० अर्ब ५० करोड ५९ लाख ७२ हजार रुपैयाँ)को वित्तीय प्याकेज स्वीकृत गरेको छ। रणनीतिक सडक सञ्जालमा रहेका पुलहरुलाई बलियो बनाउने, देशको विविध र चुनौतीपूर्ण भूभागमा सुरक्षित र निर्बाध सम्पर्क सुनिश्चित गर्ने लक्ष्यसहित विश्व बैंकले उक्त प्याकेज स्वीकृत गरेको हो ।

नेपालको पुल प्रणालीले दुर्गम र शहरी समुदायलाई स्वास्थ्य, शिक्षा र आर्थिक अवसर जस्ता आधारभूत सेवाहरूसँग जोड्ने महत्वपूर्ण जीवनरेखाको रूपमा काम गर्छ। बाढी, पहिरो र भूकम्प जस्ता जलवायुजन्य प्रकोपहरूले पुल संरचनालाई गम्भीर रूपमा प्रभावित पार्छन्। यो कार्यक्रम नेपालको सडक विभागले नेतृत्व गर्नेछ र जलवायु%अनुकूल उपायहरू जस्तै बलियो संरचनात्मक डिजाइन र नवीन प्रविधिहरू, जसमा चरम मौसमी घटनाहरूबाट पुल जोगाउन वास्तविक समय अनुगमन प्रणाली समावेशमा केन्द्रित हुनेछ।

कार्यक्रमले सबै प्रयोगकर्ताका लागि पहुँचलाई प्राथमिकता दिँदै पुल डिजाइनलाई समर्थन गर्नेछ र सीमान्तकृत समुदायलाई अत्यावश्यक सेवासँग जोड्नेछ। ‘नेपालको पुल सञ्जालको लचिलोपन सुरक्षित र दिगो सम्पर्कका लागि आधारभूत छ,’ माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि प्रभागीय देश निर्देशक डेभिड सिस्लेनले भने, ‘यो कार्यक्रमले लचिलो पूर्वाधार विकास र कमजोर समुदायका लागि बजार तथा सेवामा पहुँच प्रवर्द्धन गर्न जोड दिन्छ, साथै नेपालको दिगो वृद्धिलाई प्रोत्साहन गर्छ।’ कार्यक्रममा सडक विभागका लागि क्षमता निर्माण पहलहरू पनि समावेश छन्, जसले नवीन समाधानहरू प्रवर्द्धन गर्न र प्रभावकारी पूर्वाधार व्यवस्थापनका लागि संस्थागत प्रणाली बलियो बनाउन मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्