Logo

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन



काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित चारवटा प्रमुख कार्यक्रमहरू ९० दिनका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले २० जनवरी २०२५ मा जारी गरेको कार्यकारी आदेशको प्रभावले नेपाल सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेका यी कार्यक्रमहरू अस्थायी रूपमा रोकिएको बताएको हो ।

विगत लामो समयदेखि नेपालका विभिन्न क्षेत्रहरूमा अमेरिकी सहयोगले योगदान पुर्‍याउँदै आएको छ। १९५१ देखि ग्क्ब्क्ष्म् नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रको विकासमा अनुदान सहायता प्रदान गर्दै आएको छ।

अर्थ मन्त्रालयका अनुसार, शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमको ९० दिनका लागि रोक लगाइएको छ। यसका साथै, जैविक विविधता, प्रदेश र स्थानीय शासन सुदृढीकरण तथा जलवायु उत्थानशील नगरपालिका सेवा जस्ता तीनवटा कार्यक्रमहरू डिजाइनको चरणमा रहेका छन्, जसको लागि सम्झौता नभएको र कुनै सहयोग पनि प्राप्त नभएको मन्त्रालयले जनाएको छ।

नेपालमा जारी भएको यस निर्णयले अमेरिकी सहयोगका कार्यक्रमहरूमा अस्थायी अवरोध सिर्जना गरेको छ, जसका बारेमा मन्त्रालयले थप जानकारी दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्