Logo

नेपालमा एमसीसी परियोजना रोकियो, अमेरिकाले पठायो स्थगित गर्ने इमेल

नेपालमा एमसीसी परियोजना रोकियो, अमेरिकाले पठायो स्थगित गर्ने इमेल



काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालन भइरहेका परियोजनाहरू अस्थायी रूपमा रोकिएका छन्। अर्थ मन्त्रालयका अनुसार, नेपाल सरकारलाई २ फागुन २०८१ मा प्राप्त इमेलमार्फत् परियोजना स्थगित भएको जानकारी गराइएको थियो।

नेपाल सरकार र एमसीसीबीच २९ भदौ २०७४ मा कार्यान्वयन सम्झौता भएको थियो, जसअनुसार विभिन्न पूर्वाधार विकास परियोजनाहरू अघि बढाइँदै आएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा जारी गरेको कार्यकारी आदेशका आधारमा एमसीसीबाट भुक्तानी हुने सम्पूर्ण गतिविधि आगामी ९० दिनका लागि स्थगित गरिएको छ।

यसअघि, अमेरिकी सहयोग नियोग (युएसएड) का विभिन्न परियोजनाहरू पनि ९० दिनका लागि रोक्न पत्राचार गरिएको थियो, जसअनुसार ती कार्यक्रमहरू तत्काललाई स्थगित भएका थिए। त्यसमध्ये ६ वटा परियोजना रद्द नै गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ।

एमसीसी परियोजनाका लागि भने अमेरिकी पक्षबाट हाललाई नयाँ वित्तीय दायित्व सिर्जना नगर्न सन्देश आएको छ। परियोजना पूर्ण रूपमा रद्द हुने वा पुनः सञ्चालनमा आउने विषयमा थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्