Logo

पाथीभरा केबलकार विवाद : सोमबार ‘नो केबलकार समूह’सँग गृहमन्त्रीले वार्ता गर्ने

पाथीभरा केबलकार विवाद : सोमबार ‘नो केबलकार समूह’सँग गृहमन्त्रीले वार्ता गर्ने



काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’सँग सरकारले भोलि साँझ ६ बजे वार्ता गर्ने भएको छ। गृहमन्त्री रमेश लेखक र आन्दोलनरत पक्षबीच छलफल तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिए।

यसअघि, आन्दोलनरत पक्ष र सरकारबीच आज तय भएको वार्ता सफल हुन सकेन। आन्दोलनकारीले मन्त्रीस्तरीय वा उच्च राजनीतिक संयन्त्रमार्फत मात्रै वार्ता गर्ने अडान लिएपछि छलफल भाँडिएको थियो। उनीहरूले भोलिदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्