काठमाडौं । निर्माण व्यवसायीहरुले गर्ने भनिएको सरकारविरुद्धको आन्दोलन फिर्ता लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने आश्वासनपछि निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय घेराउदेखि काठमाडौं भित्रिने नाका बन्दसम्मका घोषणा फिर्ता लिएको बताएका छन् ।
यसअघि पुष २७ गते काठमाडौंमा आमसभा गर्दै महासंघले आन्दोलनका घोषणा गरेको थियो । लामो समयदेखि सरकारी ठेक्काको भुक्तानी नपाएको, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य बढाईएकोलगायतका बिषयहरुमा महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।